अवैध मोबाइल सहित नेपालगञ्ज विमानस्थलमा भारतिय नागरिक पक्राउ

45Shares
अवैध मोबाइल सहित  नेपालगञ्ज विमानस्थलमा भारतिय नागरिक पक्राउ

४ असोज,बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० राझा एयरपोर्टबाट अवैध मोबाइल सहित एक भारतीय नागरिक पक्राऊ परेका छन ।पक्राऊ पर्नेमा, भारत साई बाबा नगर ईन्दौर सुदामा नगर मध्य प्रदेश बस्ने बर्ष ३८ को अमित सोलंकी रहेका छन् ।

प्रहरीका अनुसार, राझा एयरपोर्टबाट बुद्ध एयरलाईन्सको जहाजबाट काठमाण्डौं जानको लागी बिमानस्थलमा आएका उनको झोला एयरपोर्टको एक्सरे मेसिनमा राखि एक्सरे मेसिनद्वारा चेकजाच गर्दा झोलामा लुकाई छिपाई ल्याएका बिभिन्न कम्पनीका मोवाईल थान ३२ मोबाइल फेला पारेको हो । उक्त मोबाइलको अन्दाजी मुल्य  नौ लाख बराबर रहेको प्रहरीले जानकारी दिएको छ।उनलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी मोवाईल सहित भन्सार कार्यालय नेपालगंज पठाईएको प्रहरीले जनाएको छ।