भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

849Shares
भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

२२ असार, भोजपुर । भोजपुरमा नसोचेको घटना भएको छ । प्रहरीका अनुसार भोजपुरमा एक व्यक्तिले आफ्नो परिवारका चार सदस्यको हत्या गरेका छन् । हत्या गर्ने व्यक्तिले आफैले फोन गरेर प्रहरीलाई बोलाएका थिए ।भोजपुर नगरपालिका २ बस्ने राजेन्द्र राईले सासु, ससुरा, श्रीमती र सालोको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर दीपक श्रेष्ठका अनुसार उनी आफैंले प्रहरी कन्ट्रोल रुममा फोन गरेर आफूले चार जनाको हत्या गरेकाले पक्राउ गर्न आउन भनेका थिए ।