चट्याङ लागेर ४२ वर्षीया महिलाको मृत्यु

45Shares
चट्याङ लागेर ४२ वर्षीया महिलाको मृत्यु

२९ भदौ दैलेख । दैलेखको महावु गाउँपालिका–१ खरीगैरामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।

चट्याङ लागेर घाइते भएकी भूमिसरा खत्रीको उपचारका क्रममा जिल्ला अस्पताल दैलेखमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिव विष्टले जानकारी दिए।बिहीबार साँझ परेको चट्याङ लागेर खरीगैराका ४२ वर्षीया भूमिसरा खत्रीको मृत्यु भएको हो।चट्याङ लागेर १६ जना सामान्य घाइते भएका छन्।