सर्लाहीको मलङ्गवामा कर्फ्यु हट्यो, निषेधाज्ञा भने जारी

756Shares
सर्लाहीको  मलङ्गवामा कर्फ्यु हट्यो, निषेधाज्ञा भने जारी

२४ भदौ सर्लाही ।  सर्लाही सदरमुकाम मलङ्गवामा शनिबार अपराह्न ५ बजेदेखि लगाइएको कर्फ्यु आजबाट हटाइएको छ । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कर्फ्यु हटाइए पनि निषेधाज्ञा भने जारी रहने जानकारी दिए । कर्फ्यु हटाइएपछि मलङ्गवाको जनजीवन सामान्य बन्दै गएको छ । बजार, पसल खुल्न थालेका छन् भने यातायातका साधन चलन सुरु भएका छन् ।सर्वसाधारणहरु आआफ्नो दिनचर्यामा व्यस्त हुन थालेका छन् । मलङ्गवाका विभिन्न स्थानमा अहिले पनि व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।