सिञ्जामा खस भाषाको पात्रो लागु

72Shares
सिञ्जामा खस भाषाको पात्रो लागु

२४ भदौ, जुम्ला । नेपाली खस भाषाको जन्मथलोका रुपमा रहेको जुम्लाको सिञ्जा गाउँपालिकाले पालिकाभित्र जुम्लेली खस भाषाको पात्रो लागू गरेको छ ।गाउँपालिकाको ऐतिहासिक धार्मिक स्थल केदार महोत्सवमा कर्णाली प्रदेश सरकारका उपसभामुख यशोदा न्यौपानेबाट खस पात्रो सार्वजनिक गरिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए ।खस भाषाको संरक्षण र प्रवर्द्धनका लागि उक्त पात्रो पालिकामा लागू भई सञ्चालनमा आएको छ । गाउँपालिकाले सार्वजनिक गरेको खस पात्रोमा राष्ट्रिय क्यालेन्डरलाई प्रवर्द्धन गर्ने उद्देश्यले खस भाषामा महिनासमेत उल्लेख गरिएको छ ।
कक्षा १ देखि ३ सम्म खस भाषाबाट पढाइसमेत हुने गरेको छ । ४ देखि ८ कक्षासम्म खस भाषाको पाठ्यक्रम तयार भइसकेको छ ।