२३ भदौ सर्लाहि । सर्लाहीमा कर्फ्यु आदेश जारी गरिएको छ । स्थानीय प्रशासनले मलंगवा बजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो ।आज बेलुका ५ देखि भोलि आइतबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।दुई पक्षबीच सम्भावित झपडपलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको उनले बताए । अहिले अवस्था सामान्य रहेको उनको भनाइ छ ।“आज साँझ ५ बजेदेखि भोलि बिहान ८ बजेसम्म कर्फ्यु लगाइएको छ । अवस्था सामान्य छ,” उनले भने ।कृष्ण जन्माष्टमीको मूर्ति विसर्जनका क्रममा शुक्रबार साँझ सदरमुकाम मलंगवामा दुई समूहबीच झडप भएको थियो । झडप नियन्त्रणमा लिनका लागि प्रहरीले अश्रुग्यास प्रहार र हवाईफायर गरेको थियो ।सोही विषयमा शनिबारै जिल्ला प्रशासन कार्यालयमा सर्वदलीयरसर्वपक्षीय समन्वय बैठक बसेको थियो । बैठकबाट धार्मिक, जातीय, सांस्कृतिक सद्भाव कायम राख्न सार्वजनिक अपिल गरिएको थियो ।