डेंगुले लियो १२ वर्षे बालिकाको ज्यान

51Shares
डेंगुले लियो १२ वर्षे बालिकाको ज्यान

२२ भदौ कैलाली । धनगढीमा डेंगु संक्रमणबाट एक बालिकाको ज्यान गएको छ । डेंगुको उपचार गराइरहेकी कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ की १२ वर्षीया लक्ष्मी सेरालाको निधन भएको हो । केही दिनअघि उनलाई महाकाली प्रादेशिक अस्पतालमा परीक्षण गर्दा डेंगु सङ्क्रमण पुष्टि भएको थियो ।त्यसपछि त्यहाँबाट रेफर गरी धनगढीस्थित अस्पतालमा भर्ना गरिएकामा उपचारकै क्रममा  मृत्यु भएको जनाइएको छ ।