ललिता निवास प्रकरण छानबिनमा मेरो पुर्ण सहयोग हुन्छ : नेता नेपाल

87Shares
ललिता निवास प्रकरण छानबिनमा मेरो पुर्ण सहयोग हुन्छ : नेता नेपाल

काठमाडौं,
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ललिता निवास प्रकरणमा हुने छानबिनमा आफ्नो सहयोग रहने बताएका छन् ।
जग्गा प्रकरणका कारण युरोप भ्रमण छोट्याएर सोमबार स्वदेश फर्किएका नेता नेपालले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ललिता निवास जग्गा प्रकरणमा आफूले गल्ती नगरेको र दाबी गरे

’नबिराउनु नडराउनु भन्ने छ । बिराएको छैन भ्रष्टचार गरेको छैन बदमासी भएको विषयमा छानबिन होस् । त्यसमा मेरो पूर्ण सहयोग रहने छ ।’ नेता नेपालले भने,

उनले आफूले बालुवाटार मास्टर प्लान असल मनसायले अघि बढाएको बताए । ’मैले नितान्त असल मनासयले अघि बढाएको हो । नेपाल सरकारको जग्गामा नेपाल सरकार हुने गरेको हो,’ नेपालले भने,
नेपालले त्यसमा नाम नक्कली मोही कसरी प¥यो त्यस विषयमा छानविन हुनुपर्ने बताए । ’जोजो यसमा संलग्न त्यसलाई कारबाही हुनुपर्छ । मेरो यस्तो कुरामा संलग्नता छ त्यो पनि देखाउनु पर्छ । यो जग्गा जटिल र अफ्ठ्यारो झमेलावाला हो भन्ने त्यस समयमा थाहा थिएन,’ नेपालले भने ।

समस्या देखेपछि त्यसबाट भाग्ने प्रवृत्ति आफ्नो नभएको भन्दै नेपालले बताए । ’कसैकसैले माधवकुमार नेपाल भागे भनेर लेखे, माधवकुमार नेपाल भाग्ने मानिस होइन,’ उनले भने ,’गोली चल्दा पनि नभाग्ने मानिस हो ।’ आफ्नो बारेमा प्रश्न उठेपछि युरोप भ्रमण छोट्याएर आफू स्वदेश फर्किएको उनले बताए ।