लगातारको बर्षा सँगै नदीमा आएको बाढीले बगाएर बर्दियामा एक युवक बेपत्ता भएका छन् ।
बर्दियाको गुलरिया स्थित भादाघाटमा बबई नदीको बहावले बगाएर गुलरिया नगरपालिका १२ का ३० वर्षिय बालकृष्ण चौधरीलाई बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय बर्दियाले नयाँ शिरालाइ जानकारी दिएको छ ।
प्रहरीका अनुसार बेपत्ता युवको खोजीकार्य भइरहेकोे छ ।
घटनाको थप विवरण आउन बाँकी छ ।