मंगलबार, १६ साउन, २०८०,
काठमाडौं,
खाना पकाउने एल्पी ग्यासको मूल्य प्रतिसिलिन्डर १३० रुपैयाँले घटेको छ ।भारतबाट मूल्यसूची बढेर आएपछि नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य भने बढाएको छ ।
आज राती १२ बजेदेखि लागू हुने गरेर नेपाल आयल निगमले मुल्य बढाएको हो ।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ९ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ७ रुपैयाँले बढेको छ । निगमका प्रवक्ता मनोजकुमार ठाकुरले इन्डियन आयल कर्पोरेसनले नयाँ मूल्य शुचि बढेर आयपछि स्वचालित मूल्य प्रणाली अनुसार बढाएको बताए ।
हाल पेट्रोलको मूल्य प्रतिलिटर १६४ रुपैयाँमा कारोबार भइरहेको छ भने डिजेलको मूल्य प्रतिलिटर १४६ रुपैयाँ छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ पुग्ने भएको छ । यता हवाई इन्धनको मूल्य भने हाललाई यथावत् राखिएको छ ।