मंगलबार, १६ साउन, २०८०,
काठमाडौं,
किशोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।
साउन १२ गते खोटेहाङ गाउँपालिका–३ सावाकटहरेस्थित मावली गएर फर्कने क्रममा साँझ ५ बजेतिर लिकुवापोखरीको रमितेडाडाँको जङ्गलमा यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीका ४० वर्षीय भविन कार्कीलाई पक्राउ गरेको हो ।
किशोरीले घटनाबारे आमालाई जानकारी गराएपछि आइतबार बिहान १० बजे लिकुवापोखरी वडा कार्यालयमा गुनासो गर्न आएको वडाअध्यक्ष धनबहादुर महाराजी खड्काले बताए ।
वडाअध्यक्ष महाराजी खड्काका अनुसार कार्कीलाई वडा कार्यालयबाटै आइतबार प्रहरीले नियन्त्रणमा लिएको हो । कार्कीलाई खोटाङबजार इलाका प्रहरी कार्यालयमा एक रात राखेर सोमबार बिहान १० बजे जिल्ला सदरमुकाम पठाइएको इलाका प्रहरी कार्यालय खोटाङबजारका इन्चार्ज प्रहरी निरीक्षक उदयभान दुबेदीले बताए ।