आइतबार, १४ साउन, २०८०
काठमाडाैं,
रौतहटमा एक युवकमाथि घरेलु हतियार भाला प्रहार भएको छ ।
रौतहटको फतुवा विजयपुर नगरपालिका-८ का २६ वर्षीय शम्भु राम भाला प्रहारबाट घाइते भएका हुन् ।
पुरानो रिसइवीको कारण स्थानीय १८ वर्षीय सदरे आलमले शनिबार साँझ ७ बजेतिर राममाथि भाला प्रहार गरेको रौतहटका प्रहरी प्रवक्ता डीएसपी उमाशंकर यादवले नयाँ शिरालाई जानकारी दिए । दायाँ कोखामा भाला प्रहार गरेपछि राम घाइते भएका हुन् ।
उनको नेशनल हस्पिटल विजयपुर बजारमा उपचार भइरहेको छ । भाला प्रहार गर्ने आलमलाई पक्राउ गरेको डीएसपी यादवले बताए । घटना र पुरानाे रिसइवीकाे विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।