सप्तरीमा एक युवाको शव लावारिस अवस्थामा भेटियो

78Shares
सप्तरीमा एक युवाको शव लावारिस अवस्थामा भेटियो

शुक्रबार, १२ साउन, २०८०,

काठमाडौं,

सप्तरीमा एक युवाको शव भेटिएको छ ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ मंसापुरमा हनुमाननगर कंकालिनी नगरपालिका–१० इनर्वाका २२ वर्षीय तीर्थनारायण मण्डलको शव भेटिएको प्रहरीले जनाएको छ ।

यस्तै हनुमानगर कंकालिनी–१० कै अजय मण्डल गम्भीर घाइते अवस्थामा भेटिएका छन् । उनलाई उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल भर्ना गरिएको छ ।

प्रहरीकाृे टोली घटनास्थलमा पुगेको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी प्रहरीले जनाएको छ ।