सीता दाहालको निधन प्रति चिनियाँ कम्युनिष्ट पार्टीद्वारा शोक प्रकट

42Shares
सीता दाहालको निधन प्रति चिनियाँ कम्युनिष्ट पार्टीद्वारा शोक प्रकट

बिहिबार, २८ असार, २०८०,

काठमाडौं,

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी जीवन साथि सीता दाहालको निधनप्रति चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले दुःख व्यक्त गरेको छ ।

सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओले शोक मन्तव्य जारी गर्दै दाहालको निधनबाट शोकसन्तप्त परिवारलाई समवेदना प्रकट गरेका हुन् ।

चीनको निमन्त्रणामा भएको द्विपक्षीय छलफलमा सीता दाहालको सहभागिता रहेको र माओवादी केन्द्रमा रहेर उनले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेको हो ।

यस कठिन घडीमा नेपालको राष्ट्रिय विकासमा नेतृत्व गर्नका लागि प्रधानमन्त्री दाहालको दृढशक्तिको कामना समेत गरेको छ ।

दाहालको बुधबार बिहान ८ बजेर ३३ मिनेट जाँदा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । उनी लामो समयदेखि पार्किन्सनजस्तो गम्भीर रोगबाट ग्रसित थिइन् ।