१ माघ, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ परेका छन् ।चेक अनादर सम्बन्धी कसुरमा जाहेरी परेपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतले अनलाइनखबरलाई बताए ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले मल्ललाई सोमबार पक्राउ गरिएको जानकारी दिए।प्रहरी वृत्त महाराजगन्जमा मल्लविरूद्ध जाहेरी परेको थियो।
उनी विभिन्न युरोपेली तथा अमेरिकी मुलुकमा मानिस पठाउने नाममा आर्थिक संकलनकार्यमा सक्रिय भएको प्रहरीले जनाएको छ । भनेको मुलुक पठाउन नसकेपछि लिएको रकम फिर्ता गर्ने क्रममा उनले मौज्दात रकम नभएको खाताको चेक काटेका थिए ।उनले २० लाख ५० हजार रुपैयाँ ठगी गरेका छन् ।
त्यसैले दुवै पक्षलाई राखेर छलफल गराइराखिएको प्रहरीले जनाएको छ ।