आजको मौसम, केही स्थानमा हिमपातको सम्भावना

123Shares
आजको मौसम, केही स्थानमा हिमपातको सम्भावना

१७ मंसिर काठमाडौं । पश्चिमी वायुको सामान्य प्रभाव रहँदा आज बिहान गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम मूख्यतया सफा छ ।
तराईका केही एक दुई स्थानमा हल्का हुस्सु लागेको छ ।
दिउँसो कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने विभागको पूर्वानुमान रहेको छ ।