मंगलवार, जेठ ३०, २०८०
काठमाडौं,
राष्ट्रपति रामचन्द्र पौडेललाई अस्पताल भर्ना गरीएको छ । राष्ट्रपति पौडेललाई सामान्य स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको हो । उनलाई बिहान ७ बजे बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना गरिएको हो ।
दम र ग्याष्ट्रिकबाट पीडित राष्ट्रपति पौडेलको छाती दुखेपछि मुटुको परीक्षणका लागि अस्पताल लगिएको राष्ट्रपतिका निजी चिकित्सक डा. नीरज बमले जानकारी दिए ।
रा
ष्ट्रपति अस्पताल भर्ना भएपछि सामाजिक सञ्जालमा उनलाई हृदयघात भएको हल्ला फैलिएको थियो । उक्त हल्लामा कुनै सत्यता नरहेको डा. बमले प्रस्ट पारे ।
पौडेललाई अस्पतालको भिआइपीतर्फ ६ नम्बर क्याबिनको २५४ नम्बर बेडमा राखिएको छ । भर्नापछि मुटुको परीक्षणका लागि एनजिओग्राम गरिएको छ । एनजिओग्रामको सुरुवाती रिपोर्ट राम्रो रहेको राष्ट्रपतिनिकट स्रोतले बताएको छ।
गंगालालका निर्देशक डा. चन्द्रमणि अधिकारीसहितको टोलीले पौडेलको स्वास्थ्य परीक्षण गरिरहेको छ । एनजिओग्राम गरेपछि २४ घन्टा अब्जर्भेसनमा राख्नुपर्ने भएकाले राष्ट्रपतिलाई भोलि डिस्चार्ज गरिने बताइएको छ ।