घाँस काट्ने क्रममा लडेर धादिङमा आमा छोराको मृत्यु

777Shares
घाँस काट्ने क्रममा लडेर धादिङमा आमा छोराको मृत्यु

मंगलबार, जेठ १६, २०८०,

धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर–२ सोमबार अपराह्न घाँस काट्न गएको बेला भिरबाट लडेर आमा–छोराको मृत्यु भएको छ ।

स्थानीय १९ वर्षीया अप्सरा चेपाङ र उनका दुई वर्षीय छोरा साजनको मृत्यु भएको हो ।

आमा घाँस काट्दै गर्दा छोरा भिरबाट लडेपछि उनलाई उद्धार गर्न जाँदा आमा पनि खसेर दुवैको मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ ।