विहिबार,जेठ ११, २०८०
रुकुम पश्चिमको बाँफेकोट गाउँपालिका–८ तोरीधारा मोटे खोला भन्ने ठाउँमा जिप दुर्घटना भएको छ ।
जिप सडकबाट झण्डै चार सय मिटर तल खसेको थियो । सानीभेरी गाउँपालिका–३ घ्युढुंगाबाट मुसीकोटतर्फ आउँदै गरेको जु १ ज १७४७ नम्बरको जिप भई दुर्घटनामा परेको हाे । उक्त जिपमा १४ जना मानिस सवार रहेको बताइएको छ ।
दुर्घटनामा परी चार जनाको घटना स्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सानीभेरी गाउँपालिका–५ का कर्णे बाठा र देउचन खत्री रहेका छन् । त्यस्तै बाँफीकोट गाउँपालिका-८ की रेखा खत्री र उनको सानो छोरा रहेका छन् ।
घाइतेहरूलाई हेलिकप्टरबाट उपचारका लागि अन्यत्र लैजाने तयारी गरिएकाे छ।
दुर्घटनाको थप विवरण आउन बाँकी छ ।