२०८१ श्रावण १५ गते हेटौंडा । बागमती प्रदेशमा मुख्यमन्त्री बहादुरसिंह लामाले आज विश्वासको मत लिँदैछन् ।
मुख्यमन्त्री लामाले विश्वासको मत लिने प्रयोजनका लागि बागमती प्रदेश सभा सचिवालयमा पत्र दर्ता भइसकेको छ ।
मंगलबार विश्वास मत लिने कार्यसूची रहेको बागमती प्रदेश सभाले जानकारी दिएको छ। प्रदेश सभाको बैठक आज दिउँसो ३ बजे बस्दैछ।
मुख्यमन्त्री लामा नेपाली कांग्रेस, नेकपा (एमाले) को समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।
११० सदस्यीय प्रदेश सभामा सरकारका लागि ५६ जनाको समर्थनको जरुरत पर्छ। प्रदेश सभामा नेपाली कांग्रेसका ३७, एमालेका २१ सांसद छन्। विपक्षीतर्फ माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, हाम्रो नेपाली पार्टीका दुई सांसद छन्।
प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २७, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सात, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुईजना प्रदेशसभा सदस्य छन् । जसमध्ये लामा कांग्रेस र एमालेको गठबन्धनबाट मुख्यमन्त्री बनेका हुन् ।
नुवाकोटको ताँदी गाउापालिका–२ का शाहलाई प्रदेश सुशासन ऐन २०७७ को दफा ३।५ बमोजिम मुख्यमन्त्री लामाको प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।
प्रदेश सुशासन नियमावली २०७७ को नियम २ बमोजिम राजनीतिक सल्लाहकारको पारिश्रमिक र काम कर्तव्य र अधिकार स्वीकृत गर्ने निर्णय गरेको पनि मन्त्री लामिछानेले बताए ।शाह कांग्रेस प्रवक्ता प्रकाशशरण महत जलस्रोत उर्जा तथा सिंचाई मन्त्री हुँदा स्वकीय सचिव थिए ।