काठमाडौँ । पृथ्वी सुब्बा गुरुङ सञ्चार तथा सूचना प्रविधि मन्त्री बनेका छन् ।सोमबार सिंहदरबारमा पदभार ग्रहण गर्दै मन्त्री गुरुङले सुचना प्रविधिको सुरक्षित र प्रभावकारी प्रयोगका लागि कानूनी व्यवस्था गरिने सरकारको नीति तथा कार्यक्रमका रहेका बिषयलाई कार्यान्वयनका लागि डिटिलन नेपालको फ्रेमवर्कलाइ परिमार्जन गर्नुपर्ने भएकाले समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको हो । सो क्रममा मन्त्री गुरुङले समग्र अध्ययन गरि आवश्यकता आधारमा मन्त्रालयको कामलाई अघि बढाउने धारणा राख्नुभयो ।
यस अघि गण्डकी प्रदेशका मुख्यमन्त्री बनिसकेका नेकपा एमालेका उपमहासचिव गुरुङ नयाँ सरकारमा सञ्चारमन्त्री बनेका हुन् ।
यसअघि उनी २०६२/०६३ को दोस्रो जनआन्दोलन सफल भएपछि नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री पनि बनेका थिए।