२०८१ असार २४ गते काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले माओवादीले यसअघि कांग्रेससँगको समीकरण तोडेको परिणाम अहिले देखिएको तर्क गरेका छन्।मंगलबार प्रतिनिधिसभा बोल्दै केसीले कांग्रेससंग समिकरण तोडेपछि एमालेले खेल्ने ठाँउ पाएको र अहिलेको अवस्था आएको बताउनुभएको हो ।
उनले अहिलेका प्रधानमन्त्रीलाई पाँच वर्षको लागि सत्ता र शक्तिमा राख्न एमालेले सहकार्य नगरेको भन्दै प्रचण्डले सत्ताको खेल बुझ्न नसकेको बताए।अध्यक्ष केसीले कांग्रेस–एमाले सत्ता समीकरणले पनि मुलुकमा केही पनि सुधारको काम नहुने दाबी गरे। दुवै दलसँग आफूले लामो समयदेखि संगत गरेकाले उनीहरुले पनि मुलुकको हितमा काम गर्न नसक्ने उनको भनाइ थियो।