कञ्चनपुरका अधिकांश भूभाग डुबानमा

27Shares
कञ्चनपुरका अधिकांश भूभाग डुबानमा

२०८१ असार  २३  गते  कञ्चनपुर । अविरल परेको वर्षाका कारण कञ्चनपुरको अधिकांश ठाउँमा डुबानमा परेका छन्। पछिल्लो २४ घन्टामा कञ्चनपुरमा ६२०।४ मिलिमिटर पानी परेको छ। जुन अहिलसम्मकै अत्यधिक वर्षा हो।

लगातार परेको अति भारी वर्षाका कारण कञ्चनपुरको अधिकांश ठाउँमा डुबानमा परेका छन्। जिल्लाको दोधाराचाँदनी नगरपालिका, भीमदत्त नगरपालिका र पुनर्वासमा भारी वर्षाका कारण डुबानमा परेका घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको हो।

उनीहरूलाई विद्यालय र आफन्तको घरमा राखिएको छ। भारी वर्षाका कारण अझै बस्तीहरू डुबानमा पर्ने क्रम बढ्दै गएको डिएसपी जोशीले जानकारी दिए।  यस्तै घर डुबानमा परेपछि जिल्लाकै कृष्णपुरका एक बालकको मृत्यु भएको छ।