मंगलबार बसेको संसदीय सुनुवाई समिति बैठकमा प्रधानविरुद्ध उजुरी आह्वान गर्ने निर्णय

39Shares
मंगलबार बसेको संसदीय सुनुवाई समिति बैठकमा प्रधानविरुद्ध उजुरी आह्वान गर्ने निर्णय

२०८१ असार १८ गते काठमाडौं ।निर्वाचन आयोगको आयुक्तमा सिफारिस हुनुभएका कृष्णमान प्रधानविरुद्ध चारवटा उजुरी परेको छ ।सिंहदरबारमा मंगलबार बसेको संसदीय सुनुवाई समिति बैठकमा प्रधानविरुद्ध चारवटा उजुरी परेको जानकारी दिइएको हो । उक्त उजुरीका सम्बन्धमा आगामी असार २० गते सुनुवाई हुने समिति सभापति पशुपतिशम्सेर जवराले जानकारी दिनुभयो ।

बैठकले सुनुवाईका लागि प्रस्तावित कार्यतालिकालाई परिमार्जन सहित पारित गरिएको उहाले बताउनुभयो । संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो भने त्यसपछि समितिले प्रधानविरद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको थियो ।