नाइजेरियामा हिंसात्मक झडपमा ३० जनाको मृत्यु

30Shares
नाइजेरियामा हिंसात्मक झडपमा ३० जनाको मृत्यु

१२ माघ नाइजेरिया। नाइजेरियाको पठार राज्यमा पछिल्लो समय भएको हिंसामा ३० जनाको मृत्यु भएको छ। नाइजेरियाको केन्द्रीय पठार राज्यमा भएको थप नयाँ हिंसामा कम्तिमा ३० जनाको मृत्यु भएको हो।मंगलबार र बुधबारको पछिल्लो हिंसा यस क्षेत्रमा क्रिसमस डे आक्रमणपछि आएको हो, यसअघिको हिंसामा कम्तिमा १ सय ४० जनाको मृत्यु भएको थियो।सो राज्यका मुस्लिम गोठालाहरू र खेती गर्ने इसाइ समुदायहरू बीच वर्षौंदेखि झडप भइरहेका छन्, सोही क्रममा पछिल्लो सो घटना घटेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्।पठारको मङ्गु जिल्लामा गत मंगलबार २४ घण्टे कर्फ्यू लगाइएको भएता पनि विद्यालय, पूजास्थल र घरमा आगजनी र तोडफोडसहित थप आक्रमण भएको इसाइ समुदायका नेताहरूले बताएका छन्। इसाई समुदायका अनुसार फुलानीका मुस्लिम गोठालाहरूले क्वाहास्लालेक गाउँमा आक्रमण गरेको र लगभग ३० जनाको ज्यान लिएका हुन्।