अफगानिस्तानमा शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सख्या बढदै

780Shares
अफगानिस्तानमा शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सख्या बढदै

२१असोज काठमाडौं । पश्चिमी अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघेको तालिवान सरकारका प्रवक्ताले आइतवार बताएका छन्। यो दुई दशकमा मुलुकमा गएको सबैभन्दा घातक भूकम्पमध्ये एक हो।पश्चिमी अफगानिस्तानमा शनिबार गएको शक्तिशाली पराकम्पनपछि आएको ६।३ म्याग्निच्युडको भूकम्पले ठूलो संख्यामा मानिसको ज्यान गएको देशको राष्ट्रिय प्रकोप प्राधिकरणले जनाएको छ।तर सूचना तथा संस्कृति मन्त्रालयका प्रवक्ता अब्दुल वाहिद रायनले हेरातमा भूकम्पमा परी मृत्यु हुनेको संख्या सुरुमा भनिएको भन्दा बढी रहेको बताए । ‘करिब ६ वटा गाउँ ध्वस्त भएका छन् र सयौं नागरिक भग्नावशेषमुनि दबिएका छन्’, उनले तत्काल सहयोगको लागि आह्वान गर्दै भने।संयुक्त राष्ट्रसंघले शनिबार ढिलो गरी ३२० जनाको मृत्यु भएको प्रारम्भिक आंकडा दिएको थियो तर पछि भने यो संख्या अझै प्रमाणित भैरहेको बताएको छ। स्थानीय अधिकारीहरूले दिएको अपडेटमा ४ सय ६५ घर ध्वस्त भएको र थप १३५ घरमा क्षति पुगेको बताइएको छ ।दिउँसो सहरमा कम्तीमा पाँचवटा शक्तिशाली भूकम्प गएको हेरात शहरका निवासी अब्दुल शकोर समदीले बताए।