१८ असोज काठमान्डौ । वर्षाका कारण उत्तर पश्चिम सिक्किममा रहेको साउथ ल्होनाक तालबाट अप्रत्यासितरूपमा आएको बाढीका कारण कम्तीमा २३ सैनिक र सर्वसाधारणसहित ४३ जना बेपत्ता भएका छन् ।एक अधिकारीका अनुसार राङ्पो र आसपासका क्षेत्रमा गए राति करिब तीन हजार देखि चार हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने जिल्लामा पाँच वटा राहत शिविर पनि खोलिएको छ ।सिक्किमका डिस्ट्रिक्ट म्याजिस्ट्रेट टासी चोपेलका अनुसार धेरै भवन र सवारी साधनमा क्षति पुगेको, करिब २० सर्वसाधारण र २३ सैनिक हराइरहेका दुःखद् खबरहरू आएका छन् ।
जिल्लामा पाँच वटा राहत शिविर खोलिएको र उद्धारका लागि सेनासहितका सुरक्षाकर्मी प्रभावित क्षेत्रमा पुगिसकेका बताइएको छ ।
पाक्योङका डिस्ट्रिक्ट म्याजिस्ट्रेट चोपेलले भने, “राङ्पोको आईबीएम क्षेत्रमा १५० भन्दा बढी घरमा क्षति पुगेको छ भने केही मानिसको ज्यान गएको छ ।