१५ असोज टर्कि । टर्कीको राजधानी अंकारास्थित आन्तरिक मामिला मन्त्रालयको भवनबाहिर आत्मघाती बम विस्फोटपछि टर्कीको सेनाले कुर्द विद्रोहीको ठेगानाहरूमा जवाफी हमला गरेको छ । टर्की सरकारका अनुसार यस अभियानमा कुर्द विद्रोहीका २० ठेगानालाई ध्वस्त बनाइएको हो ।हमलामा विद्रोहीको प्रतिबन्धित समूह पीकेकेका कयौँ चरमपन्थीहरु मारिएको दाबी गरिएको छ । अंकारामा आइतबार बिहान भएको विस्फोट आफूआबद्ध एक समूहले पीकेकेले जानकारी दिएको छ ।समाचार एजेन्सी रोयटर्सका अनुसार आइतबार टर्कीको आन्तरिक मामिला मन्त्रीले मन्त्रालयको भवनबाहिर दुई चरमपन्थीहरुले हमला गरेका थिए । एकजना जवाफी कारबाहीमा मारिएको तथा अर्कोले आत्मघाती विस्फोट गराएको उनको भनाई थियो । घटनामा दुईजना सुरक्षाकर्मी घाइते भएका थिए ।