७ असोज काठमान्डौ । पाकिस्तानको पञ्जाब प्रान्तमा एक किशोरीले आफ्ना बाबुलाई गोली हानेर हत्या गरेकी छिन् ।
आफूमाथि बलात्कार गरेको आरोप लगाएकी ती बालिकाले आफ्नै बाबुको गोली हानेर प्राण लिएकी हुन् । स्थानीय प्रहरीका अनुसार घटना लाहोर सहरको गुज्जरपुरा क्षेत्रमा भएको हो । यहाँ १४ वर्षीया बालिकाले प्रहरीलाई दिएको बयानमा बाबुले तीन महिनादेखि बलात्कार गरेको बताएकी छन् ।हत्या प्रकरणमा अनुसन्धान गरिरहेका प्रहरी अधिकारी सोहेल काजमीले भने, ‘छोरीले आफू डरलाग्दो अवस्थाबाट गुज्रिरहेको बताइन् । उनले बलात्कारी बुबालाई मार्ने निधो गरे र बन्दुकले गोली हानी मारिन् ।बालिकाका बाबुको घटनास्थलमै मृत्यु भएको काज्मीले बताए । समाचारमा जनाइएअनुसार सबै पक्षबाट अनुसन्धान गरी अभियुक्तविरुद्ध मुद्दा दर्ता गरिने छ । समाचारमा भनिएको छ कि परिवारले सो किशोरीले बाबुलाई मारेको थाहा पाए पछि पुलिसलाई बोलाएका थिए ।