जो बाइडनलाई धम्की दिने एक व्यक्तिको एफबीआई द्वारा हत्या

78Shares
जो बाइडनलाई धम्की दिने एक व्यक्तिको एफबीआई द्वारा हत्या

काठमाडाैं

अमेरिकी राष्ट्रपति जो बाइडनलाई फेसबुकमार्फत् धम्की दिँदै आएका एक व्यक्तिलाई एफबीआईको टोलीले गोली हानेर हत्या गरेको छ ।

अमेरिकाको गुप्तचर निकाय एफबीआईको टोलीले बाइडेन युटाह राज्यको भ्रमणमा जानुभन्दा केही घण्टा अगाडि क्रेग रोबर्टसन नामका व्यक्तिलाई युटाहस्थित उनकै घरमा गोली हानेर हत्या गरेको हो ।

एफबीआईका अनुसार साल्ट लेक सिटीको दक्षिणमा पर्ने प्रोवो भन्ने स्थानमा रोबर्टसनकै घरमा उनीमाथि गोली प्रहार भएको थियो ।
एफबीआईको टोली उनलाई पक्रन गएको बेला गोली चलेको बीबीसीले जनाएको छ । यस घटनाबार थप विवरणहरु सार्वजनिक भएको छैन ।

 

ती व्यक्तिले फेसबुक वालमा बाइडन र बन्दुकका फोटाहरु राख्दै मार्ने धम्कीसहितका दर्जनौं स्टाटस राखेको आरोप छ ।