अमेरिकाको अस्पतालहरुमा बिरामीको चाप : कारण अत्याधिक गर्मी

42Shares
अमेरिकाको अस्पतालहरुमा बिरामीको चाप : कारण अत्याधिक गर्मी

बुधबार, १० साउन, २०८०,

अन्तराष्ट्रिय स्रोत ।

अमेरिकामा अत्याधिक गर्मीका कारण त्यहाका नागरिक धमाधम बिरामी पर्न थालेका छन् ।

मौसममा आएको परिवर्तन (ग्लोवल वार्मिङ)का कारण अहिले विश्वमा ठुलो उथलपुथल देखिएको छ जसको असर विश्वका बिभिन्न देशहरुमा गहिरो गरी देखा पर्न थालेको छ त्यसको एक उदाहरण अमेरिका पनि हो । बाढी र गर्मी दुवै एउटै देशमा देखा परेका छन् ।

अमेरिकामा चर्को गर्मी छ । गर्मीमा यति धेरै गर्मी हुन्छ कि मानिसहरू घरबाट निस्कने बित्तिकै धमाधम बिरामी पर्न थालेका छन् ।

एरिजोनाका केही भागहरूमा बर्न युनिटहरूमा एक तिहाइ बिरामीहरू गर्मीकै कारण अस्पताल भर्ना हुन बाध्य भएका छन् । फिनिक्सको भ्याली वाइज हेल्थका बर्न सर्भिसका निर्देशक डा केभिन फोस्टरले आईसीयूमा रहेका आधाभन्दा बढी बिरामी आफैँ लडेर बेहोस भएको बताए । फिनिक्स सहरमा अहिले लगातार २४ दिनसम्म ११० फरेनहाइट (४३ डिग्री सेल्सियस) माथिको तापक्रम रेकर्ड तोडिएको छ ।