शनिबार, २३ असार, २०८०,
काठमाडौं,
छिमेकी मुलुक भारतको दिल्लीमा शुक्रबार प्रवर्तन निर्देशनालयले पूर्वउपमुख्यमन्त्री मनिष सिसोदियासहित अन्यको सम्पत्ति अस्थायी रूपमा जफत गरेको छ ।
निर्देशनालयले मनिष सिसोदिया, अमनदीप सिंह ढल, राजेश जोशी, गौतम मल्होत्रा र केहि अन्य व्यक्तिहरूले दिल्ली रक्सी घोटाला मामिलामा करिब ५२.२४ करोड भारतीय रुपैयाँको सम्पत्ति जफत गरेको हो । निर्देशनालयका अनुसार यस मामिलामा अहिलेसम्म १२८.७८ करोड रुपैयाँको सम्पत्ति र अन्य चीजहरू जफत गरिएको हाे ।
यता आम आदमी पार्टीले भने निर्देशनालयसँग सिसोदियाको विरुद्ध कुनै प्रमाण नभएकाले उनीहरूले उनको दुईवटा सम्पत्ति जफत गरेको आरोप लगाएको छ । यीमध्ये एउटा फ्ल्याटमा उनले २००५ मा वसुन्धरा, गाजियाबादमा ५ लाख रुपैयाँमा र अर्को २०१८ मा ६५ लाख रुपैयाँमा दिल्लीको मयुर विहारमा किनेका थिए । यी दुवै फ्ल्याट दिल्लीको अन्तःशुल्क नीति लागू हुनुभन्दा केही वर्षअघि नै किनेको पार्टीको भनाइ छ ।
‘मनिष सिसोदियाको कूल सम्पत्ति ८१ लाख रुपैयाँ छ । यो स्पष्ट छ कि भाजपा र प्रधानमन्त्रीले झूट फैलाइरहेका छन् । किनभने आम आदमी पार्टीका नेताहरू जेल गए पनि भाजपामा सामेल हुँदैनन्,’ दिल्लीको आम आदमी पार्टी सरकारकी मन्त्री आतिशील भनिन् ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि ट्विट गर्दै भनेका छन्, ‘प्रधानमन्त्रीज्यू, तपाईंले मनिष सिसोदियाविरुद्ध केही फेला पार्नुभएन, त्यसपछि ईडीमार्फत मनिषलाई बदनाम गर्न थाल्नुभयो ?’