बिहिवार, ३२ जेठ, २०८०
काठमाडौं,
रुस र अस्ट्रेलियाबीचको विवाद उत्कर्षमा पुगेको छ ।
नयाँ दूतावास भवन निर्माणको विषयलाई लिएर विवाद उत्कर्षमा पुगेको हाे ।
अस्ट्रेलियाको संसद्नजिक दूतावास भवन निर्माण भएमा त्यसबाट राष्ट्रिय सुरक्षामा गम्भीर जोखिम उत्पन्न हुने भन्दै क्यानबेराले निर्माणका काम रोकेको छ ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले देशको संसद् भवनको पारिपट्टि नयाँ दूतावास निर्माण गर्ने रुसको प्रस्तावित भवन निर्माणस्थलप्रति आपत्ति जनाउँदै त्यसले राष्ट्रिय सुरक्षामा जोखिम हुने बताए ।
उनको यो अभिव्यक्तिसँगै रूस कानुनी उपचारको बाटो रोज्न बाध्य भएको र कानुनी सल्लाह लिइरहेको एकजना कूटनीतिज्ञले बताएका छन् ।