हावाहुरी र भारी वर्षाले पाकिस्तानमा २७ जनाको मृत्यु

60Shares
हावाहुरी र भारी वर्षाले पाकिस्तानमा २७ जनाको मृत्यु

आइतवार, २८ जेठ २०८०

काठमाडाैं,

पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा आइतबारको भारी वर्षापछि आएको हावाहुरीका कारण आठ बालबालिकासहित कम्तीमा २७ जनाको मृत्यु भएको त्यहाँका अधिकारीहरूले बताएका छन् ।

‘घरको छाना र पर्खाल भत्किँदा कम्तीमा १२ जना एकै स्थानमा पुरिएका छन् ।’ प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता तैमुर अली खानले भने,

खैबर पख्तुनख्वा प्रान्तका चार जिल्लामा शनिबार राति आएको आँधीका कारण दुईदेखि ११ वर्ष उमेर समूहका पाँचजना दाजुभाइको मृत्यु भएको छ ।

तैमुरका अनुसार १४० भन्दा बढी मानिस घाइते भएका छन् भने २०० भन्दा बढी पशुचौपाया मरेका छन् । प्रशासनले चारवटै जिल्लामा आपतकालीन अवस्था घोषणा गरेको छ ।

यसैबीच, अरब सागर पार गर्दै पाकिस्तान र भारतको तटीय क्षेत्रतर्फ एक चक्रवात प्रवेश गरिरहेको छ । यो आँधीका कारण साताको अन्त्यमा विभिन्न क्षेत्रमा बाढी तथा भूस्खलन हुने अनुमान गरिएको छ ।

पाकिस्तानी अधिकारीहरूले सिन्ध प्रान्तको तटीय क्षेत्रका आठदेखि नौ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सुरु गर्ने बताएका छन् । सहयोगका लागि सोमबारदेखि सेना परिचालन गरिने भएको छ ।

उक्त चक्रवातले मंगलबार साँझदेखि हावाहुरी, आँधीबेहरी र सहरी क्षेत्रमा बाढी आउन सक्ने विपद् व्यवस्थापन निकायले आइतबार जनाएको छ ।