युक्रेनमा बाँध भत्कियो हजारौं मानिस विस्थापित

786Shares
युक्रेनमा बाँध भत्कियो हजारौं मानिस विस्थापित

बुधबार, २४ जेठ, २०८०

काठमाडौं,

दक्षिण युक्रेनको खेरसान प्रान्तस्थित निप्रो नदीमा बनाइएको काखोव्का बाँध भत्किंदा हजारौं मानिस विस्थापित भएका छन् ।

सोमबार बिहान बाँध भत्किएपछि पानीको बहाव बाढीजस्तो बनेर वस्तीमा पसेको छ । यसबाट कयौं वस्ती जलमग्न भएका छन् । बाँध भत्किएपछि खेरसन सहर बढी प्रभावित भएको छ । यसबाट ८० सहरका मानिस प्रभावित हुनसक्ने अनुमान छ । यसले खेरसन सहरमा गम्भीर संकटको स्थिति ल्याउन सक्ने युक्रेनका अधिकारीहरुले बताएका छन् ।

बाढी र डुबानबाट प्रभावितहरु ८० हजार मानिसहरुलाई खेरसानसँग जोडिएको मिकोलाइब भन्ने स्थानमा अस्थायी शिविर बनाएर राखिएको छ । प्रभावितहरुका लागि खाना, कपडा र औषधिको व्यवस्था गर्ने काम भइरहेको छ ।