घाँटीमा फाँसीको फन्दा देखे पछि

780Shares
घाँटीमा फाँसीको फन्दा देखे पछि

जलवायु परिवर्तनका कारण आउँदै गरेको गम्भीर सङ्कटतर्फ विश्व समुदायको ध्यानाकर्षण गराउन जर्मनीको कोलोनमा विद्यार्थीहरूले बिच सडकमा यसरी प्रदर्शन गरे। उनिहरूको घाँटीमा फाँसीको फन्दा थियो, खुट्टामुनि पग्लिँदो बरफको टुक्रा।जलवायु परिवर्तनको असर स्वरूप तापमानमा बृद्धि हुँदै जाँदा विश्व नै खतराको अवस्थामा पुगेकाले त्यसलाई नियन्त्रण गर्न वैश्विक साझेदारीको आवश्यकतामा जोड दिंदै उनिहरूले रचनात्मक प्रदर्शन गरेका थिए।सयौँ मानिसहरूले आश्चर्यभावसहित प्रत्यक्ष हेरेको सो प्रदर्शनमा बरफ पग्लिँदै गएर उनिहरू झुण्डिने अवस्थामा पुगेपछि रोकिएको थियो। विद्यार्थीहरूको यो प्रदर्शनलाई विश्वभर गरिएका प्रभावशाली र निकै चर्चित प्रदर्शनहरू मध्यको एक मानिन्छ।