काठमाडौं
नेपाल सरकारले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई सरकारबाट दिइएको विभूषण लिलामीमा नराख्न सूचित गर्दै पत्र काटेको छ ।
गृह मन्त्रालयले विभूषण लिमालीमा राख्नु गैरकानुनी हुने र राखेमा रद्द हुने व्यहोराको पत्र महावीरलाई पठाएको हो ।
मन्त्रालयले पठाएको पत्रमा लिलामीबारे सामाजिक सञ्जालबाट जानकारी पाएको उल्लेख गरेको छ । महावीरले कृषि सामग्री कम्पनी सञ्चालनका लागि सरकारले प्रतिवद्धताअनुसार सहयोग नगरेको भन्दै कीर्तिमय राष्ट्रदीप द्वितीय विभूषणसहित विभिन्न मानपदवी लिलामीमा राखेको घोषणा गरेका थिए ।
गृह मन्त्रालयले पुनलाई सचेत गराउदै पत्र लेखेको हो । ‘विभूषण ऐन, २०६४ को दफा २६ (१) बमोजिम कुनै नेपाली नागरिक वा विदेशी व्यक्तिलाई प्रदान गरिएको विभूषण निजले कसैलाई बिक्री गरेमा वा बन्धकीमा राखेमा वा विभूषणको मर्यादाविपरीत हुने गरी विभूषणको प्रयोग गरेमा वा कसैलाई प्रयोग गर्न दिएमा नेपाल सरकारले विभूषण रद्द गर्न सक्नेछ,’ उक्त पत्रमा भनिएको छ ।
‘यहाँजस्तो प्रतिष्ठित र सम्मानित व्यक्तिबाट त्यसप्रकारको कुनै गैरकानुनी कार्य नहुनेमा मन्त्रालय विश्वस्त छ,’ पत्रमा भनिएको छ । मन्त्रालयले महावीर पुनलाई उद्धृत गरी सामाजिक सञ्जालमा गरिएको पोष्टको आधिकारिता समेत प्रष्ट पार्न मन्त्रालयले पुनलाई आग्रह गरेको छ ।
पत्रमा के छ ?