अजय देवगनको सन अफ सरदार २ को प्रदर्शन मिति घोषणा

900Shares
अजय देवगनको सन अफ सरदार २ को प्रदर्शन मिति घोषणा

१९ जेठ काठमान्डौ । बलिउड अभिनेता अजय देवगनको सन् २०१२ मा फिल्म सन अफ सरदारु प्रदर्शन भएको थियो। यस फिल्मलाई दर्शकले निकै मन पराएका थिए।अब यो फिल्मको सिक्वेल बन्ने भएको छ। हालै यो फिल्मको प्रदर्शन मिति तय गरिएको छ।सन अफ सरदार २ को प्रदर्शन मिति घोषणा गरिएको छ। सनी देओल र अजय देवगनको फिल्म दिवाली २०२५ मा बक्स अफिसमा धमाका गर्नेछ। मुख्य भूमिकामा मृणाल ठाकुर देखिनेछिन्, हिन्दी फिल्म विश्लेषक तरण आदर्शले लेखेका छन्।सन अफ सरदारु मा सोनाक्षी सिन्हाले जियाको भूमिका निवार्ह गरेकी थिइन्। तर यसको दोस्रो पार्टमा सोनाक्षी नहुने बताइएको छ। भारतीय सञ्चारमाध्यम टिभी ९ का अनुसार सोनाक्षीको ठाउँमा मृणाल ठाकुर देखिने भएकी छन्।विजय कुमारले निर्देशन गर्ने फिल्ममा सनी देओल पनि जोडिएका छन्।सन अफ सरदार राजामौलीको २०१० मा प्रदर्शन भएको तेलुगु फिल्म मर्यादा रमन्नाु को रिमेक थियो।