८ बैशाख काठमाडौ । फिल्म डिग्री माइला ले एक सातामा ५ करोड रूपैयाँ बढी ग्रस कलेक्सन गरेको छ।पहिलो दिन ९८ लाख र दोस्रो दिन २ करोड ८ लाख रूपैयाँ कलेक्सन गरेको फिल्मले बिहीबारसम्ममा ५ करोड ५ लाख रूपैयाँ ग्रस कमाएको हो।फिल्मले काठमाडौं उपत्यकामा २ करोड ५० लाख र काठमाडौं बाहिर २ करोड ५५ लाख रूपैयाँ ग्रस कलेक्सन गरेको निर्माता मणिराम पोखरेलले बताए।शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा निर्माता पोखरेलले फिल्मको कमाइ आफूहरूले सोचेको जस्तो भने हुन नसकेको बताए। ओपनिङ धेरै होला भन्ने अपेक्षा थियो। तर सोचेजस्तो गएन। शनिबार राम्रो भयो, उनले भने हामीले कबड्डी, जारीको बुकिङ हेरेको हुनाले बानी लागिसकेको रहेछ। अपेक्षा धेरै गर्न पुगेछौं। उनले हलमा दर्शकसँगको साक्षात्कारमा आफूहरूले राम्रो प्रतिक्रिया पाएको बताए। फिल्मको लगानी सुरक्षित भइसकेको समेत उनले बताए।अभिनेता दयाहाङ राईले पहिलो साताको कमाइ र दर्शक प्रतिक्रिया अपेक्षित नै रहेको बताए।