काँडेतार को प्रिमियर सम्पन्न

66Shares
काँडेतार को प्रिमियर सम्पन्न

२३ फागुन काठमान्डौ । राष्ट्रवादी धारमा निर्माण गरिएको फिल्म काँडेतार को प्रिमियर सम्पन्न भएको छ।मंगलबार साँझ विश्वज्योती हलमा आयोजित फिल्मको प्रिमियर शोमा नेपाली फिल्म क्षेत्रका हस्तीहरू तथा राजनीतिक दलका नेताहरूको उपस्थिति थियो।एकीकृत समाजवादीका नेता झलना खनाल पनि फिल्मको प्रिमियर शो हेर्न पुगेका थिए।शुक्रबारदेखि रिलिज हुन लागेको फिल्मले नेपाल र भारतको सम्बन्धको कथा भन्छ। साथै नेपालको सीमा स्तम्भमाथि भारतले बारम्बार गर्ने खेलबाडको कथालाई यो फिल्मले प्रस्तुत गरेको छ।