१८ फागुन काठमान्डौ । दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको पुष्पा–२ बुहप्रतिक्षित फिल्म मध्येमा पर्दछ । यति बेला अल्लु अर्जुनका अधिकांश फ्यान पुष्पाः द रुल कहिले आउँला भनेर उत्सुकताका साथ कुरिरहेका छन् । फिल्मको हरेक अपडेट नियालिरहेका छन् ।निर्माण पक्षले फिल्मको एउटा फाइट सिनको सुटिङमा ठुलो धनराशि खर्च गरेका छन् । यो दृश्य करिब ३० मिनेट लामो भएको र यसको सुटिङका लागि ३५ दिन खर्च गरिएको बताइएको छ । यसमा निर्माताहरुले सानो तिनो फिल्म नै बन्ने पैसा खर्च गरेका छन् । खबरका अनुसार यो दृश्य छायाङ्कन गर्न ५० करोड भारु खर्च गरिएको छ ।