अमिताभ बच्चनको आम्दानी कति ?

54Shares
अमिताभ बच्चनको आम्दानी कति ?

८ फागुन काठमाडौँ । अमिताभ बच्चनको उमेर ८१ वर्ष भयो । तर उनी बलिउडमा सक्रिय छन् । फिल्म मात्रै होइन उनी विज्ञापन, रियालिटी शोहरुमा पनि उत्तिकै व्यस्त छन् ।अमिताभ यो उमेरमा पनि काममा यति धेरै सक्रिय छन् नयाँ स्टारभन्दा बढी कमाइ गर्छन् । यो कुरा उनकी श्रीमती जया बच्चनसँग सम्बन्धित दस्तावेजबाट खुलेको हो ।। सो विवरणअनुसार गत वर्ष कुनै पनि सुपरहिट फिल्म नदिएका अमिताभले २७३ करोड भारु आम्दानी गरेका छन् । अर्थात् उनले ८० वर्षको उमेरमा सो सम्पत्ति जोडेका हुन् । भारतीय मिडियाका अनुसार उनले विज्ञापन, रियालिटी शो र फिल्मबाट सो कमाइ गरेका हुन् ।त्यस्तै, जयाले पेस गरेको विवरणमा बच्चन परिवारसँग एक हजार करोड भारु बराबरको सम्पत्ति छ । उनीहरूसँग ८०० करोड भारु बराबरको चल र २०० करोड बराबरको अचल सम्पत्ति छ ।त्यस्तै, अमिताभसँग नगद भने एकदमै कम रहेको छ । उनीसँग १२ लाख ७५ हजार भारु मात्रै नगद रहेको छ भने जयासँग ५७ हजार भारु नगद रहेको छ ।सो विवरणमा अमिताभले १७ करोड भारु पर्ने लक्जरी कारको प्रयोग गर्ने खुलाइएको छ । जयाले भने ९ लाख ८२ हजार पर्ने कार प्रयोग गर्ने सो विवरणमा उल्लेख छ । आफ्नो परिवारका सदस्यसँग ५४ करोड ७७ लाख भारु बराबरको गहनासमेत रहेको जयाले खुलाएकी छिन् ।