रामायणमा कुम्भकर्ण बन्दै बबी , हनुमान बन्दै सनी

60Shares
रामायणमा कुम्भकर्ण बन्दै बबी , हनुमान बन्दै सनी

३ माघ काठमान्डौ । सन् २०२३ देओल ब्रदर्सका लागि धमाकेदार रह्यो। अभिनेता सनी देओलको फिल्म गदर २ु ले भारतीय बक्स अफिसमा आक्रमक कमाइ गरेको थियो। त्यस्तै ुएनिमलु बाट अभिनेता बबी देओलले चर्चा कमाए।यसैक्रममा उनीहरू नितेश तिवारीको फिल्म रामायणु मा देखिने चर्चा छ। भारतीय सञ्चारमाध्यम पिंकभिलाका अनुसार निर्देशक नितेश तिवारीले बबी देओललाई फिल्म ुरामायणु मा कुम्भकर्ण बन्न प्रस्ताव राखेका छन्।यसअघि नितेशले सनीलाई हनुमान बन्न प्रस्ताव राखेका थिए। फिल्मलाई लिएर सनी र बबी सकारात्मक रहेको बताइएको छ। तर उनीहरूले औपचारिक रूपमा फिल्म साइन गरेका छैनन्।निर्देशक नितेश, मधु मन्टेना, नमित मल्होत्रा र अल्लू अरविन्दको लगानी रहने फिल्ममा अभिनेता रणवीर कपूर रामको भूमिकामा देखिनेछन् भने साई पल्लवी सीताको। केजिएफ अभिनेता यश रावणको भूमिकामा देखिने चर्चा छ।यो फिल्म तीन भागमा बन्ने बताइएको छ। पहिलो भागमा राम र सीताको कहानी समावेश गरिनेछ। जसमा यशको केमियो भूमिका रहनेछ।यो फिल्मको छायांकन सन् २०२४ देखि सुरू गरिनेछ।