२८ पुस, काठमाडौं । रितेश देशमुख एकपटक फेरि भिलेनको रुपमा देखिँदैछन् । अजय देवगणको फिल्म रेड २ मा रितेशले खलपात्रको भूमिका निर्वाह गर्न लागेका हुन् ।अजय र रितेश आमने सामने भएर भिड्न लागेको यो पहिलो पटक हो । अजयले फिल्ममा रितेशलाई स्वागत गर्दै सामाजिक सञ्जालमा एउटा पोष्ट पनि गरेका थिए । हालै फिल्मको सेटमा रितेशलाई स्वागत गर्दै अजयले आफ्नो इन्टाग्राम ह्यान्डलमा एउटा फोटो शेयर गरेका थिए ।