अल्लु अर्जुनको ‘पुष्पा २ द रुल रिलिजको मिती सार्वजनिक

63Shares
अल्लु अर्जुनको ‘पुष्पा २ द रुल रिलिजको मिती सार्वजनिक

२७ पुस, काठमाडौं । अल्लु अर्जुन अभिनित फिल्म ‘पुष्पा २ द रुल’का दर्शकहरुका लागि ठूलो खुसीको खबर आएको छ । ‘पुष्पा २ द रुल’ सन् २०२१ मा रिलिज भएको ‘पुष्पा द राइज’ को सिक्वेल हो ।अल्लु अर्जुन र रश्मिका मन्डन्नाको मुख्य भूमिका रहेको यो चलचित्रको घोषणा भएदेखि नै दर्शकमा यो चलचित्रप्रति निकै उत्साह छ । पछिल्ला केही दिनदेखि फिल्मको रिलिज मिति सारिएको चर्चा धेरै आएको थियो । यद्यपी, फिल्मको टिमले अफवाहलाई धेरै हदसम्म नदिई यी रिपोर्टलाई सिधै अस्वीकार गरेको छ ।‘पुष्पा द राइज’ र ‘पुष्पा २ द रुल’का निर्देशक सुकुमारको जन्मदिनको अवसरमा ‘पुष्पा’ फ्रेन्चाइजीका निर्माताहरूले आफ्नो प्रोडक्सन हाउसको सामाजिक सञ्जाल ह्यान्डलबाट एउटा तस्विर शेयर गर्दै फिल्मका निर्देशक सुकुमारलाई जन्मदिनको शुभकामना दिएका छन्
यो फिल्म १५ अगस्त २०२४ मा विश्वभर रिलीज हुनेछ । यो घोषणासँगै निर्माण पक्षले चलचित्र निर्धारित मितिमा मात्रै रिलिज हुने स्पष्ट पारेको छ ।