२० कात्तिक काठमान्डौ । अष्ट्रेलियाको एडिलेडमा शनिबार आयोजित कन्सर्टमा गायक सुगमले फ्यानलाई माइक प्रहार गरेका छन । अहिले उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।भिडियो अनुसार उनले नेपालमा जाजरकोटलाई केन्द्र बिन्दु बनाएको गएको भूकम्प र त्यहाँ ज्यान गुमाउने नेपालीप्रति मौन धारण गर्न दर्शकलाई अनुरोध गर्छन्। तर सुगमले मौन धारण गर्न अनुरोध गरिरहँदा पनि हुटिङ आइरहन्छ। रक्सि खाएर मस्त रहेका सुगमले दर्शकलाई माइकले हानेका हुन ।त्यसपछि उनी स्टेजबाट तल झर्छन्। स्वयंसेवकले रोक्दा रोक्दै उनले ती दर्शकलाई माइकले झट्टी हान्छन् र गालीगलौज गर्छन्। उनलाई त्यहाँबाट निकालेर फेरि स्टेजमा लगिन्। फेरि पनि सुगमले अर्को माइल दर्शकतिर हान्छन्। त्यसपछि भने उनलाई स्टेजबाट बाहिर लगिन्छ।गायक सुगम पोखरेलले अष्ट्रेलियाको कन्सर्टमा भएको माइक प्रहारको घटनालाई लिएर दर्शकसँग माफी मागेका छन्।