लेडी सिंघम बन्दा यस्तो देखिइन् दीपिका पादुकोण

42Shares
लेडी सिंघम बन्दा यस्तो देखिइन् दीपिका पादुकोण

३० असोज काठमान्डौ । निर्देशक रोहित शेट्टी आफ्नो कप युनिभर्सको आगामी फिल्म सिंघम अगेनु मा काम गरिरहेका छन्। यो फिल्म सिंघमु को तेस्रो भाग हो।
निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गरेका छन्। सार्वजनिक पोस्टरमा अभिनेत्री दीपिका पादुकोणलाई लेडी सिंघमु को अवतारमा प्रस्तुत गरिएको छ।
सामाजिक सञ्जालमा निर्देशक रोहितले पोस्टर सार्वजनिक गर्दे लेखेका छन्, नारी सीताको रूप हुन् र दुर्गाको पनि। हाम्रो कप युनिभर्सको सबैभन्दा क्रूर र हिंस्रक अफिसरलाई भेट्नुहोस्। शक्ति शेट्टी। माई लेडी सिंघम। दीपिका पादुकोण।रोहित र दीपिकाले यसअघि चेन्नई एक्सप्रेसु मा एकसाथ काम गरेका थिए।सिंघम अगेनु मा अजय देवगनको मुख्य भूमिका रहने छ भने रणवीर सिंह र अक्षय कुमार केमियो भूमिकामा देखिनेछन्