१८असोज मुम्बई । अभिनेता आमिर खान र सन्नी देओल फिल्म ‘लाहोर, १९४७’ मा एक साथ आउने भएका छन् । आमिर खानले सामाजिक सञ्जाल एक्समा यसको घोषणा गरेका हुन् ।‘आमिर खान प्रोडक्सन’ अन्तर्गत बन्न लागेको यो फिल्मलाई राजकुमार सन्तोषीले निर्देशन गर्नेछन् भने सनी देओल मुख्य भूमिकामा रहनेछन् । खानले उनी र उनको टिम देवल र सन्तोषीसँग काम गर्न उत्साहित रहेको बताएका छन् ।दुवै स्टारले सन्तोषीसँग यसअघि विभिन्न फिल्ममा काम गरिसकेका छन् । तर यो प्रोजेक्टबाट लागि उनीहरु पहिलो पटक एकसाथ आउँदैछन् ।