कलाकार ‘अप्सरा आमा’को अन्त्येष्टि

879Shares
कलाकार ‘अप्सरा आमा’को अन्त्येष्टि

२१ असार, काठमाडौं । ‘मेरी बास्सै’की कलाकार लक्ष्मी श्रेष्ठ अप्सरा आमाको को अन्त्येष्टि गरिएको छ ।श्रेष्ठको आज बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको हो । अन्त्येष्टिअघि उनको पार्थिव शरीरमा नेपालको झन्डा ओढाइएको थियो ।क्यान्सर पीडित श्रेष्ठको शुक्रबार राति निधन भएको थियो ।अन्त्येष्टिमा चलचित्र विकास बोर्डका अध्यक्ष डिनेश डिसी, कलाकार रामचन्द्र अधिकारी, दिपकराज गिरी, दिपकप्रसाद आचार्य, सुशीला निरौला विमली, गायिका राधिका हमाललगायत कलाकारको उपस्थिति रहेको थियो ।उनी पछिल्लो केही वर्षयता क्यान्सर रोगबाट पीडित थिइन् भने पछिल्लो ३५ दिनदेखि ओछ्यानमै थलिएकी थिइन् ।

श्रेष्ठले २०५२ सालमा ‘ट्वाक्क टुक्क’सँगै हिजो आजका कुरु सिरियलबाट कलाकारिता यात्रा सुरु गरेकी थिइन् । काम गर्दै जाँदा मेरिबास्सैमा सिताराम कट्टेल धुर्मुस्कै खड्का जि क्यारेक्टरको श्रीमती अप्सरा बनेपछि चर्चामा आएकी थिइन् ।