अवार्डको औचित्य र गरिमामाथि नीर शाहको प्रश्न

63Shares
अवार्डको औचित्य र गरिमामाथि नीर शाहको प्रश्न

१ असोज काठमाडौं । अभिनेता नीर शाहले अवार्डको औचित्य र गरिमामाथि प्रश्न उठाएका छन् । जाथाभावी बिनामापदण्ड दिइने सिने अवार्डले आफ्नै मर्यादा घटाइरहेको उनको भनाइ छ ।
काम र सिनेमाको मूल्यांकनभन्दा पनि अवार्ड बाँडीचुँडी लिने संस्कार बढ्दै गएकामा उनले असन्तुष्टि जनाए ।नेपाली सिनेमाको मेकिङ अब नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा उनले जोड दिएका थिए । निश्चल बस्नेत, खगेन्द्र लामिछाने, दीपेन्द्र के खनाललगायत नयाँ पुस्ताले अबको नेपाली चलचित्र उद्योगको नेतृत्व गर्नुपर्ने उनको भनाइ छ ।